काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भदौ १० गते आएको भीषण बाढीपछि सुरुङभित्र फसेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १० दिनपछि जीवितै उद्धार गरेको थियो । उनको उद्धार घटना त्यसबेला व्यापक चर्चामा आएको थियो ।

उद्धारपछि अस्पतालमा उपचाररत महर्जनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो । लामो समयसम्म सुरुङभित्र रहँदा परेको शारीरिक तथा मानसिक तनावपछि चिकित्सकको निगरानीमा उनको उपचार गरिएको थियो ।

अस्पतालबाट घर फर्कने क्रममा ललितपुरस्थित निवासमा पुगेका महर्जनलाई स्थानीयले फूलमालासहित स्वागत गरेका थिए । उनी स्वस्थ र पूर्ण होसमा रहेको जनाइएको छ ।

महर्जनले आफ्नो ज्यान जोगाउने उद्धारकर्मी तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com