काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।
साइबर ब्युरोको टोलीले उनलाई सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि साइबर ब्युरोमा लगिएको थियो।
प्रहरीका अनुसार प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ।
प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पक्राउ पर्दै र छुट्दै आएका थिए।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार












प्रतिक्रिया