काठमाडौं । लागुऔषध मुद्दामा एक महिना कैद सजाय तोकिएपछि फरार रहेका कैलालीका २६ वर्षीय श्यामु थारु पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीले कैद सजाय सुनाएपछि फरार रहेका थारुलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया