काठमाडौं । कैलालीको टीकापुरमा मोबाइल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विभिन्न स्थानबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१, एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र १९ वर्षीय धिरेन्द्र शाही रहेका छन्। उनीहरूको साथबाट चोरीका पाँचवटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद मोबाइल सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया