बुटवल । बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका आठ जिल्ला बढी प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रदेश सरकारका अनुसार लुम्बिनी, रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम छ।

आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिनलाई उद्धृत गर्दै कात्तिक १३ र १४ गते सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्भावित वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायात प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले किसानलाई कात्तिक १२ गतेअघि धान काटेर भित्र्याउन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक यात्रा टार्न अनुरोध गरेको छ।

नदी किनारमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचनामा ध्यान दिन र सुरक्षित रहन आग्रह गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्ने तयारी गर्न स्थानीय तह तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com