काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशले स्वतन्त्रता र स्वाधीनताको पूर्ण उपयोग गर्न सक्ने अवस्था बनाउन आन्दोलनको विकल्प नभएको बताएका छन्।

पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ गराउँदै ओलीले अहिले राज्यले स्वतन्त्रताको अभ्यास गर्न नसकेको टिप्पणी गरेका हुन्।

उनले देशमा बोल्नै नसक्ने अवस्था सिर्जना गरिएको, गुण्डाराज चलेको र सरकार बेलगाम रूपमा फासीवादतर्फ अघि बढिरहेको आरोप लगाए।

ओलीले पार्टीको नीति र विचारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढ्दा मात्रै कार्यकर्तामा उत्साह भर्न सकिने बताए। एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तह निर्वाचनमा विजय हासिल गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com