काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको हो।
पोखराका लागि अर्जुन घर्तिले शानदार ब्याटिंग गर्दै २५ बलमा अविजित ४० रन बनाएका थिए भने महेदी हसनले ३२, कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ रन बनाएका थिए।
त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए भने हेमन्त धामी, स्कट कुगलाइन र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया