काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न गठित उपसमितिले समयसीमासहित अध्ययनको कार्यसूचीलाई अन्तिम रूप दिएको छ । सिंहदरबारमा आज भएको उपसमितिको बैठकले यही कात्तिकसम्म विभिन्न दस्तावेजको अध्ययन गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षको बयान र अन्तर्वार्ता तथा विषयविज्ञसँग छलफल गर्ने तथा अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याउने बारेमा आजको बैठकले सहमति जुटाएको उपसमितिका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिए ।

उपसमितिले यसअघि अध्ययनको कार्यअवधि र कार्यविधि तोकिसकेको छ । उपसमितिलाई दुई महिनाको समयावधि दिइएको छ । आगामी मंसिर २० गतेसम्म उपसमितिले प्रतिवेदन बुझाइसक्नुपर्नेछ । उपसमितिमा सांसदहरू खगेन्द्र सुनार, गणेश धिमाल, योगेश गौचन थकाली, ऐन महर, रमेशकुमार मल्ल, महेन्द्रबहादुर शाही, आरेन राई र खुश्बु ओली सदस्य छन् ।

रास्वपा सांसद सुनारले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको भन्दै छानबिनको माग गर्दै आएका थिए । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको गत असोज १६ गतेको बैठकले प्रहरीको पोसाक खरिद सम्बन्धमा अध्ययन गर्न झाको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो । रासस

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com