गोरखा । सडक र पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भोग्दै आएका गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयलाई गृहमन्त्री सुधन गुरुङले ज्यामिरेघाटमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुल नहुँदा कृषि उत्पादनको बजारीकरणमा कठिनाइ भइरहेको गुनासो गरेका थिए।

स्थानीयका अनुसार यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेका तरकारी समयमै बजार पुर्‍याउन सकिएको छैन। यसले गर्दा उत्पादनले उचित मूल्य नपाउने र कतिपय अवस्थामा बिक्री हुन नसकेर बारीमै कुहिने गरेको छ।

पुलको अभावले कृषि उपजको बिक्रीवितरणमा मात्र नभई स्थानीयको दैनिक आवागमन र समग्र आर्थिक गतिविधिमा समेत असर परेको उनीहरूले बताएका थिए।

स्थानीयका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले ज्यामिरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए। निर्माण प्रक्रिया अगाडि बढेकाले केही समयमै स्थानीयले भोग्दै आएको समस्या समाधान हुने उनको प्रतिबद्धता थियो।

पुल निर्माण भएमा स्थानीयको आवागमन सहज हुनुका साथै किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन सजिलो हुने अपेक्षा गरिएको छ। यसले कृषकलाई उत्पादनको उचित मूल्य प्राप्त गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com