काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छता कायम राख्न आवश्यक छलफल तथा संवादका लागि आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
आइतबार समसामयिक विषयमा धारणा सार्वजनिक गर्दै थापाले न्यायपालिकाको गरिमा र निष्पक्षता कायम राख्ने विषयमा सबै पक्षसँग संवाद गर्न कांग्रेस इच्छुक रहेको स्पष्ट पारे ।
उनले न्यायालय सुधारको विषयमा कुनै पूर्वाग्रह नराखी निष्पक्ष बहस र छलफल गर्नुपर्नेमा जोड दिए । न्यायिक संस्थाहरूको संरचना, तिनको प्रभाव र परिणामसमेत मूल्याङ्कन गरेर सुधारका विषय अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘न्यायपालिकाको स्वतन्त्रतालाई, स्वच्छतालाई अक्षुण्ण राख्ने सुनिश्चितता गर्ने कुरामा नेपाली कांग्रेस पार्टी तयार छ । हामी यसमा सबैसँग संवाद गर्छौं,’ थापाले भने ।
उनले संस्थाहरूको वर्तमान अवस्था र त्यसबाट उत्पन्न प्रभावको समग्र समीक्षा गर्दै निष्पक्ष ढंगले निष्कर्षमा पुग्नु अहिलेको आवश्यकता रहेको बताए ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया