काठमाडौं । पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकार र प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको सामाजिक सञ्जालमा आएको व्यङ्ग्यात्मक टिप्पणीले थप तरङ्ग सिर्जना गरेको छ ।

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक तथा हास्यपूर्ण अभिव्यक्तिका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो फेसबुकमार्फत पत्रकार पक्राउ गर्न तयार पारिएको भनिएको २८ जनाको सूचीलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् ।

‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले उक्त पोस्टमा समीर बलामी, जया सिंह महरा, रोशन खड्का, रुपेश श्रेष्ठ, कृष्ण आचार्य, अनिल गिरी, शिवहरि घिमिरे, प्रदीप कार्की, ओम शर्मा, रमेश सुवेदी, गोकरण अवस्थी, राजु घिसिङ, मनोज सत्याल, उमेश चिरञ्जीवी पौडेल, श्रीधर पी पौडेल, कमल सरगम चौलागाईं, टीकाराम यात्री, केशव खड्का र बसन्त बस्नेतलगायत पत्रकारलाई मेन्सन गरेका छन् ।

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि नै प्रश्न उठिरहेका बेला प्रमुख सल्लाहकारबाट आएको यस्तो टिप्पणीले थप बहस निम्त्याएको छ । सञ्चार स्वतन्त्रतासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा सरकारको उच्च तहबाट व्यङ्ग्यात्मक टिप्पणी आउनुलाई आलोचकहरूले अस्वाभाविक भन्दै सरकारको गम्भीरतामाथि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com