काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले महत्त्वपूर्ण क्षेत्रमा हार बेहोर्न थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजा स्वीकार गर्ने बताएका छन्।
‘न्युयोर्क टाइम्स’सँगको अन्तर्वार्तामा ट्रम्पले निर्वाचनको परिणाम पूर्ण रूपमा स्वीकार गर्न आफू तयार रहेको र विपक्षी दलसँग सहकार्य गर्ने बताएका हुन्।
‘हो, म यी नतिजाहरूलाई पूर्ण रूपमा स्वीकार गर्न तयार छु र हामी उनीहरूसँग सहकार्य गर्ने अपेक्षा गर्छौं। हामी मिलेर कुनै न कुनै निकास निकाल्नेछौँ,’ उनले भने।
यसअघि सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा भिटो अधिकार जनाउने क्यापको तस्बिर सार्वजनिक गरेका ट्रम्पले सीबीएससँगको कुराकानीमा भने संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले बहुमत ल्याए आफूले राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने चेतावनी दिएका थिए।
कङ्ग्रेसका दुवै सदनमा रिपब्लिकनले नियन्त्रण गुमाए पनि राष्ट्रपतिसँग रहेको संवैधानिक अधिकार प्रयोग हुन सक्ने ट्रम्पको भनाइले अमेरिकी राजनीतिमा थप बहस सिर्जना गरेको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया