रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावार बजारमा देउसीभैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले कात्तिक २६ गते राति करिब १२ः०५ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर शाहका अनुसार उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले परम्परागत देउसीभैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया