काठमाडौं । मुगुको टोप्लामा रारा तालतर्फ जाँदै गरेको पर्यटक सवार बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंबाट रारा घुम्न आएका पर्यटक बोकेको उक्त जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीका अनुसार काठमाडौंबाट रारा जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खसेको हो।

दुर्घटनामा परी कलंकीका दुई र ललितपुरका तीन जना गरी पाँचै जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

जिपमा चालकसहित चार पुरुष र एक महिला सवार थिए। चालक पूर्णकुमार थापा आफैं जिपका धनी रहेको प्रहरीको भनाइ छ। घाइतेमध्ये ललितपुर सुनाकोठीकी कञ्चन थापाको पहिचान खुलेको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्य सुरु गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com