नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय राष्ट्रपति भवनमा औपचारिक सम्मान प्रदान गरिएको छ। सोमबार आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ अर्पण गरेको हो।

गार्ड अफ अनर समारोहमा सहभागी भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। समारोहमा नेपाल र भारतका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा सम्मान ग्रहण गरेपछि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

यसअघि आइतबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गर्दा प्रधानमन्त्री शाहले नेपाली सेनाबाट सम्मान गारत ग्रहण गरेका थिएनन्।

तस्बिरहरु:  प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com