काठमाडौं । बैतडीका दुई पालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। जिल्लाका दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।
दुवै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै विभिन्न मन्दिरमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन्।
दशरथचन्द नगरपालिका–४ गढीस्थित जगन्नाथ मन्दिर र वडा नं. ११ सीमस्थित केदार मन्दिरमा लाग्ने जात्रामा स्थानीयको सहभागितालाई सहज बनाउन बिदा दिइएको नगरपालिकाले जनाएको छ।
त्यस्तै, सुर्नया गाउँपालिका–५ स्थित फाल्ङाशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा पनि सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। दुवै पालिकाले मंगलबार पालिकाअन्तर्गतका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थाहरू बन्द रहने जानकारी दिएका छन्।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार












प्रतिक्रिया