काठमाडौं  । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको र भूमिगत कार्य सम्पन्न भइसकेका केबलहरूमा Structure fitting, HT/LT cable rising, cable connection, bushbar arrangement तथा cable charging सम्बन्धी काम गर्न विद्युत् कटौती गर्न लागिएको केन्द्रले सूचनामार्फत जानकारी दिएको छ।

प्राधिकरणका अनुसार तोकिएका सबै दिनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग, नापि विभाग एरियामा विद्युत् आपूर्ति बन्द रहनेछ ।

भोलि आइतबार शंखमुल मार्गमा विद्युत् आपूर्ति बन्द रहनेछ ।

पर्सि सोमबार बुद्धनगर, बिजुली बजार एरियामा विद्युत् कटौती हुने छ ।

यस्तै, मंसिर १५ गते मंगलबार ३१ नं. वडा कार्यालय एरिया, तिनकुने तरकारी बजार एरियामा विद्युत् कटौती हुने छ ।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This