काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा पक्षले अधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगबाट पार्टीको आधिकारिक विवरण अद्यावधिक गर्ने प्रक्रिया पूरा भइसकेकाले झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न आयोगको ध्यानाकर्षण गराउँदै औपचारिक पत्र पठाउने निर्णय गरेको हो।
कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको झण्डा र चुनाव चिह्न दुरुपयोग भएको विषयमा पार्टी सचेत रहेको बताए।
‘झण्डा दुरुपयोग भएको नोटिस भएको छ। हामीले वैधानिक प्रक्रियाले रोकेका थियौं। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ,’ उनले भने, ‘अब दुरुपयोग नगर्न सचेत गराउँछौं।’
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार














प्रतिक्रिया