फिदिम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा सामेल नहुने बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिममा शुक्रबार समाजवादी प्रेस संगठन पाँचथरले आयोजना गरेको  पत्रकार सम्मेलनमा खनालले आफ्नो पार्टीलाई तीनवटा राम्रा मन्त्रालय दिनुपर्ने तर्क गरेका छन् । ‘एकीकृत समाजवादी पार्टीले खेलेको भूमिकाबाट यो सरकार निर्माण भएको हो,’खनालले भने, ‘हाम्रो योगदानलाई बेवास्ता गरे एकीकृत समाजवादी सरकारमा सभागी हुँदैन ।’

advertisement

पत्रकारसँग कुरा गर्दै खनालले प्रचण्ड नेतृत्वको सरकार लामो समयसम्म चल्न नसक्ने संकेत गरेका छन् । कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नहुने खनालको तर्क थियो । ‘कुनै पनि दलको बहुमत नपुग्नु ठूलो दुर्भाग्य हो,’खनालले भने,‘वर्तमान सरकार धेरै दलहरूलाई मिलाएर गठन गरिदैछ । यस्तो परिस्थितिमा कुन दल कतिखेर भड्किन्छ र सरकार ढल्छ भन्ने टुंगो छैन् ।’

‘कोशी’ प्रदेशको नामको विषयमा बहस आवश्यक रहेको तर,नाम परिवर्तको विषयमा आन्दोलन गर्नु असान्दर्भिक भएको खनालले बताए ।  पछिल्लो राजनीतिक समिकरण अनुसार सबै प्रदेशहरूमा नयाँ सरकार गठन हुने उनको भनाइ छ ।

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सकंट रहेको खनालको ठम्याइ छ । ‘कोशी प्रदेशमा सरकार गठन गर्न सजिलो छैन्,’खनालले भने,‘अहिलेकै अवस्थामा सरकार गठन गर्न कुनै पक्षसँग प्रयाप्त संख्या छैन् ।’ संकट समाधानका लागि दलहरूले छलफल गरेर दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने खनालको तर्क छ ।

प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com