काठमाडौं । प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु छ लाख २३ हजार ४६५ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार निजहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद रु एक लाख ७२ हजार ३०० समेत बरामद गरिएको छ ।

उनले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This