जापानको उत्तरी टापु होकाइडोमा पर्यटक बोकेको डुंगा बेपत्ता भएको छ। २६ जना पर्यटक बोकेको डुंगा स्थानीय समय अनुसार शनिबार दिउँसो सवा १ बजे सम्म सम्पर्कमा रहेको जापानी अधिकारीले बताएका छन्।
काजु १ नाम गरेको उक्त डुंगाले ३ घण्टामा आफ्नो यात्रा पूरा गरी फर्किसक्नुपर्ने थियो।
डुंगामा रहेका २६ यात्रुमध्ये २ जना चालक दलका सदस्य र २ बालबालिका रहेका छन्। उक्त जहाँजमा लाइफ ज्याकेट भएपनि त्यहाँको तापक्रम ० डिग्रीमा झरेको बताईएको छ ।
प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार
प्रतिक्रिया