काठमाडौं । नेपाली कांग्रेस काठमाडौं को गोकर्णेश्वर नगरपालिकामा सत्ता गठबन्धन दलहरुसँग तालमेल नगरी प्रतिस्पर्धा मा होमिएको छ । गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने तालमेल गरेरै अघि बढे ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचीव समेत रहेका दीपक रिसालले गोकर्णेश्वर नगरपालिकाको मेयरका रुपमा उम्मेदवारी दर्ता गराए । उपमेयरको लागी भने कांग्रेसकी शान्ति नेपाल प्रतिस्पर्धामा छिन् जो २०७४ सालको स्थानीय तह निर्वाचनमा उपमेयर पदमा निर्वाचित भैइसकेकी छिन् ।
२०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पद कांग्रेस एक्लै जितेको थियो ।गोकर्णेश्वर नगरपालिकामा सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिए । एकीकृत समाजवादीको तर्फबाट गोपाल बराल मेयरको रुपमा उम्मेदवार छन् भने माओवादी केन्द्रका पेमाछिरी शेर्पा उपमेयरको उम्मेदवार छन् ।
माओवादी केन्द्रले गोकर्णेश्वर नगरपालिका वडा नम्बर १,२, ३, ५, ७ र ९ तथा एकीकृत समाजवादीले सोही नगरपालिकाका ४, ६ र ८ नम्बर वडा लिएर सिट बाँडफाँट गरे ।
प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया