काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरू मर्कामा परेका थिए।

नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको हो ।

advertisement

अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा चक्काजाम गरेको अनेरास्ववियु बुटवल क्याम्पस कमिटीले जनाएको छ । सो क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com