काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले सबै धर्मलाइ बराबर ठान्ने र उचित सम्मान दिने बताएका छन्।

उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन्। स्टाटसमा ‘तिमि र म मा फरक’ भन्दै उनी लेख्छन्, ‘तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ । म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु।’

advertisement

उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको आरोपसमेत लगाएका छन्।
उनी अगाडी लेख्छन्, ‘तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ। म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु ।’
केही दिनदेखि धरानमा समाजिक सद्भावमा खलल पुग्ने अवस्था आएपछि  जिल्ला प्रशासनले शुक्रबार २४ घन्टे निषेधाज्ञा जारी गरेको थियो। जुन शनिबार राति १२ बजेबाट सकिएपछि धरान अहिले शान्त र सामान्य दैनिकीमा फर्किएको छ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com