काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेको दाबी गरे।

उनले भने, ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पङ्क्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरु हुन्छ ।’

advertisement

 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप लगाए । ओलीकै कारणले एमालेप्रति जनतामा निराशा बढेको उनको बताए।

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com