काठमाडौं । भारतले सूर्यको अध्ययन गर्न पहिलो अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ।

शनिबार चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटाबाट भारतले आदित्य-एल वानको सफल प्रक्षेपण गरेको हो।

advertisement

चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको दुई सातामै भारतले सूर्यको अध्ययनका लागि अर्को मिसन पठाएको हो।

आदित्य-एल वानले पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर (९ लाख ३० हजार माइल)  टाढाको बिन्दुबाट सूर्यको अध्ययन गर्छ। उक्त बिन्दुलाई एल वान भनिन्छ।

यो अन्तरिक्षयानमा सूर्यको कोरोना, क्रोमोस्फियर, फोटोस्फियर र सौर्य वायुको अध्ययन गर्न सात वटा भारीह (पे लोड) जडान गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले जनाएको छ।
प्रक्षेपण गरेको एक घन्टापछि इसरोले यसलाई सफल प्रक्षेपण भनेको छ। आदित्य-एल वानलाई निर्धारित बिन्दुमा पुग्न १२५ दिन लाग्ने बीबीसीले जनाएको छ।

एल वान बिन्दु पृथ्वी र सूर्यको दूरीको एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ। पृथ्वीबाट थोरै नजिक गएर सूर्यको अध्ययन गर्न भारतले यान पठाएको हो।

एल वान विन्दुमा स्थापित भइसकेपछि यसले सूर्यलाई निरन्तर अवलोकन गरिरहने इसरोले जानकारी दिएको छ।

प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com