काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालय, उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीहरुलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास-ध्यान गरेर मात्र काम सुरु गर्न परिपत्र गरेको छ।
मन्त्रालयले महाशाखाका अधिकृतस्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरुपमा कम्तिमा १५ मिनेट समय ध्यान गरेर मात्र कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाउन मन्त्रालयका उपसचिव भीमकान्त शर्माले आग्रह गरेका छन्।
त्यस्तै, अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरीसकेपछि सोही अनुरुप योगरध्यान गर्ने व्यवस्था र वातावरण बनाउन पनि महाशाखाहरुलाई आग्रह गरिएको छ।
केही दिन अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले तनाव व्यवस्थापनका लागि योग/ध्यान गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार












प्रतिक्रिया