काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। प्रधानमन्त्री दाहाललाई भेट्न ओली आइतबार बिहान बालुवाटार पुगेका हुन्।

सुन तस्करी प्रकरणमा सरकारले छानबिन समिति गठन नगरेको भन्दै एमाले आक्रोशित छ। उसले संसदबाटै हिसाबकिताब गर्ने भन्दै संसद अवरोधको चेतावनी दिएको छ। एमालेका सचेतक महेश बर्तौलाले सरकारले विपक्षीको आवाज नसुनेको भन्दै संसदबाटै हिसाबकिताब गर्ने चेतावनी दिएका छन्।

गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेटबाट समातिएको ६० किलो सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तिरीय छानबिन समिति बनाउने माग गरिरहेको तर गत असोज ५ गते नै समिति बनाउने सहमति भए पनि सरकार र प्रतिपक्षबीच कुरा नमिल्दा १० दिन बित्दा पनि छानबिन समिति बनेको छैन।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। ओली र दाहालबीच छानबिन समितिका बारेमा छलफल भएको जनाइएको छ। सरकारल आज बिहान ११ बजे राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल गर्दैछ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com