भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफुले उम्मेदवारी फिर्ता नलिने बताए ।माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता तथा पूर्वसांसद पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेका हुन् ।
पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन को भरतपुर पुगेका थिए ।पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि मन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ काठमाडौं फर्किँने भएका हुन् ।
बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर पौडेलले उक्त आग्रह अस्वीकार गरे ।पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।तर उनले कसैको मानेनन् । बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए।तर उनले भने-” म धेरै अघि बढिसकेको छु र अब उम्मेदवारीबारे चितवनका कांग्रेस कार्यकर्ताले निर्णय गर्ने छन् ।”
मिडिया संग को कुराकान अब दुनियाँको कुनै पनि तागतले आफ्नो उम्मेदवारी फिर्ता गराउन नसक्ने बताए ।
बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पार्कमा बोलाएका थिए तर पौडेल नआएपछि पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेको भन्दै मन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ आज काठमाडौं फर्किँने भएका हुन् ।
प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार
प्रतिक्रिया