अछाम : अछाम जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको मृत्यु भएको  छ।मृत्यु हुनेमा कम्मानी कामीका १२ वर्षीय छोरा सुरत कामी रहेका छन् ।
पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गए राति चट्याङ परेको हो । हावा–हुरी र वर्षासँगै परेको चट्याङबाट ६० वर्षीय रने कामी, उनकी श्रीमति ५५ वर्षीया मना कामी, भाइबुहारी जयसरा कामी, ७० वर्षीषा बृकिसे रावल घाइते भएका छन्।  ।उनीहरुको अवस्था निकै गम्भीर रहेको बताईएको छ ।
स्थानीय मकर रावलले दिएको जानकारीअनुसार चट्याङबाट कम्माने कामीका दुई बाख्रा मरेका छन् भने नजिकै रहेको देवकी निमावीको सोलार सिस्टममा पनि क्षति पुगेको छ।

प्रत्येक वर्ष दुई तीनपटक चट्याङ परेर जनधन को क्षति हुँदै आउँदा र  स्थानीय अगुवाहरुले बस्ती उठाउन सरकारसँग बार बार माग गर्दा पनि सरकारलको ध्यान केन्द्रित नभएको स्थानीय मकर रावलले  बताए ।

advertisement

 एतिबेला पनि मौसम बदली भइरहेकोले स्थानीय डराइरहेका छन्। घटनास्थलमा दुई जना प्रहरीको टोली पुगेको छ भने विपद व्यवस्थापनको टोली कमलबजारबाट हिंडेको छ।

प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com