पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएकाे खाेया फ्रेममा सजाएर राख्ने बताएका छन्।

पाेखराकाे कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा आफूमाथि एक व्यक्तिले प्रहार गरेकाे खाेया आफूले देखेका सपना पूरा नभएसम्म सजाएर राख्ने लामिछानेकाे भनाइ छ।

advertisement

शनिबार पाेखरामा आयाेजित पार्टीकाे सभालाई सम्बाेधन गर्ने क्रममा लामिछानेमाथि सन्ताेष रानाभाट नाम गरेका व्यक्तिले खाेया प्रहार गरेका थिए। लामिछानेले उक्त खाेया आफ्नाे जीवनकाे महत्वपूर्ण सर्टिफिकेट भएकाे बताउँदै त्यसलाई सजाएर राख्ने बताए।

‘यसलाई मैले सकारात्मकरुपमा लिएको छु। म यसलाई जबसम्म सजाएर राख्नेछु, तबसम्म तपाईंले र मैले देखेको साझा सपना पूरा हुने छैनन्’, उनले भने, ‘मेराे घरमा मैले संसारले मानेकाे वर्ल्ड रेकर्डकाे सर्टिफिकेट पनि राखेकाे छैन तर मेरा लागि त्याे भन्दा महत्वपूर्ण सर्टिफिकेट आज मेरा एकजना साथीले दिएर जानुभयाे, मेराे उहाँप्रति अघात सम्मान छ।’

उलने आफूमाथि जतिसुकै प्रहार भएपनि जनताकाे काममा निरन्तर लाग्ने वचन दिए।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com