नायिका स्वेता खड्का सक्रिय राजनीतिमा आएकी छिन् ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई कांग्रेसमा प्रवेश गरेकी हुन् । उनी भन्छिन् -‘विद्यार्थी जीवनदेखि नै विश्वेश्वरप्रसाद कोइरालाको बारेमा पढ्दै आएकी थिएँ ।उहाँकै विचारधारामा आफूलाई समाहित गर्दै कांग्रेसमा आवद्ध भएकी हूँ ।’
यसै कारण आफूले नेपाली कांग्रेसबाट सक्रिय राजनीति थालेको र खुल्ला राजनीतिक मुलधारमा प्रवेश गरेको उनले बताइन् ।
‘पोलिटिक्स इज् ए डर्टी गेम ‘भन्छन् नि भन्ने प्रश्न मा उनी भन्छिन् -‘ पोखरी फोहर भयो भनेर पोखरीको ‘लेउ’लाई गाली गर्नुभन्दा त्यो लेउ हटाउन आफैँले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्छ।’
सबै पार्टीमा धेरथोर लेउ लागेको भन्दै उनले त्यस्को सरसफाइको लागि सबैको सक्रियता को खाँचो रहेको बताइन् ।
प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार
प्रतिक्रिया