काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा लिन जनता लाई आग्रह गरेका छन् । आज एक अपिल जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भएको अग्रगमन र प्रतिगमनबीचको लडाइँमा अग्रगमनलाई साथ दिन आग्रह गर्दै उनले भने -‘ अग्रगमन र प्रतिगमनको यो लडाइँमा माओवादी र गठबन्धनका उम्मेदवारलाई मत दिनको लागी म नेपाली जनता लाई आग्रह गर्न चाहन्छु।’ साथ साथै प्रचण्डले आफू यथास्थितिमै रूमल्लिन रहर नभएको पनि बताएका छन्।
प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार
प्रतिक्रिया