काठमाडौँ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।
प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार
प्रतिक्रिया