एजेन्सी । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकासमा भवनहरू भत्किएका छन् र स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । यससँगै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपत्कालीन अवस्था घोषणा गर्दै काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएकाले बन्द गरिएको जानकारी दिएकी छन् ।
क्षतिको पाँच घण्टापछि पनि हताहतबारे सीमित जानकारी, मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान
भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको पाँच घण्टाभन्दा बढी समय बितिसक्दा पनि राष्ट्रिय अधिकारीहरूले विपद्को वास्तविक आकारबारे धेरै जानकारी दिएका छैनन् ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा गरेको सम्बोधनमा मृतक वा घाइतेको संख्या उल्लेख गरेकी थिइनन्।
राज्य सञ्चालित सञ्चारमाध्यमहरू एजेन्सिया भेनेजोलाना दे नोटिसियास र भेनेजोलाना दे टेलिभिसियोनले पनि भूकम्पको प्रभावबारे सीमित विवरण मात्र सार्वजनिक गरेका छन् ।
भूकम्पीय गतिविधिको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया