काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली काँग्रेस नेता धनराज गुरुङले सहकारीको रकम पचाउन नक्कली डिभोर्स गरेको आरोप लगाएका छन् ।

काँग्रेस महामन्त्री गगन थापाले संसदमा लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रमाण आफूसँग भएको बताएपछि त्यसको विरुद्धमा लामिछानेले उनीहरू नक्कली अनुहार भएको टिप्पणी गरेका हुन् ।

‘कति सजिलै सदनमा उभिएर प्रमाण छ भन्नुभएको छ । प्रमाण के हो भन्ने देखियो । नक्कली भुटानी पनि तपाईँ नै हो । नक्कली डिभोर्स गरेर सहकारी ठग्ने पनि तपाईँ नै हो । यी नक्कली मान्छेहरू हुन्,’ उनले भने, ‘सहकारीको पैसा पचाउन नक्कली डिभोर्स गर्ने, नक्कली नागरिक बनाएर विदेशमा बेच्ने नक्कली मान्छेहरू हुन् । राजनीतिका नक्कली अनुहारहरू हुन् । तिनको मुकुण्डो हामी उतार्छौँ।’

लामिछानेले आफूलाई अनुसन्धानका लागि कुनै समिति आवश्यक नपर्ने बताए । ‘मलाई अनुसन्धान गर्न कुनै समिति चाहिँदैन । मैले आजसम्म कुनै प्रमाण भेटाएको छैन । राजनीति छोड्छु प्रमाण दिनुहोस् भनेकै छु,’ गगन लक्षित गर्दै उनले भने, ‘तपाईँले राजनीति छोड्नुपर्दैन । राजनीतिबाट गलहत्त्याउने काम हामी चुनावबाट गर्छौँ।’

नेपालको राजनीतिमा ठगेका मान्छे बच्ने र संलग्नतै नभएको मान्छे फस्ने अवस्था रहेको उनको तर्क छ ।

पोखरामा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले गत निर्वाचनबाट ‘व्यालेट’ युद्धको निम्ता दिएको भन्दै २०८४ मा युद्ध लड्ने बताए ।

 

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com