काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बडालले १ करोड ३० लाख रुपैयाँ साहले घोटाला गरेको बताएका हुन्। उनले महानगरले सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई दिएको आरोप लगाएका छन्।

advertisement

उनले लेखेका छन्, ‘नगर सभाले स्वीकृत नगरीकन तपाईँले महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ झ्वाम पार्नु भयो। यो कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा छैन। कमनपा वित्त विभागको भुक्तानी हेर्दा देखिन्छ– सार्वजनिक खरिद ऐन छल्न तपाईँले आफ्नो सचिवालयका झोले र फेसबुक पेजका बुलीहरुको झुण्डलाई पोस्न १ करोड ३० लाखलाई १०/१० लाखको टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गर्नु भयो।’

उनले महानगरले आयोजना गरेको सिप मेलाबाट कति जनाले सिप सिकेर व्यवसाय गरे भनेर पनि प्रश्न गरेका छन्। बडालले त्यसरी व्यवसाय गर्नेहरूको नाम फेसबुकमा लेख्न पनि चुनौती दिएका छन्।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com