काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्।

रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै तिहाइ शक्ति भएको सरकारमा पनि आत्मविश्वास नदेखिएको टिप्पणी गरे।

advertisement

उनले भने, ‘दुई तिहाइको सरकार नै सबैभन्दा बढी अस्थिर छ। जनतामा आशा पलाउनुपर्ने हो, प्रधानमन्त्रीमा कन्फिडेन्ट आउनुपर्ने हो। मन्त्रीहरूमा चार्मिङ आउनुपर्ने हो। तर, खै देखिँदैन। यता टिसर्ट लगाएको मान्छे समातेको छ उता उपसभामुखलाई तान्नेकि त्यतातिर लागेको छ।’ दुई तिहाइ सरकारको कुनै प्राथमिकता नभएको भन्दै संविधान संशोधन गर्छु भनेर आफ्नो राजनीतिक सौदाबाजी गर्न नमिल्ने तर्क गरे।

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com