काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणाले असुरक्षित महसुस गर्नु उनीहरूकै कर्मको फल भएको टिप्पणी गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम थियो, तर न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलताका कारणले कार्यक्रम रद्द भएको अन्तिम समयमा सूचना निकालेको थियो ।

त्यसबारे अर्यालले पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘नेपाल सरकारको लेटरप्याडमा के लेखिएको छ, उहाँहरु असुरक्षित हुनुभयो रे अमेरिकामा ! दुर्भाग्य, अचम्म लाग्छ मलाई । त्यो उहाँको कर्मको फल हो । शुभकामना छ उहाँहरूलाई ।’ उनले सहकारी प्रकरणमा छानबिन समितिले टीओआरभन्दा बाहिर गएर कारबाही सिफारिस गरेर गलत गरेको दाबी गरे ।प्रतिवेदनले ८७ अर्बको कुरा ल्याउँदा पनि रवि लामिछानेविरुद्ध सबै लागिरहेको उपसभापति अर्यालले बताए ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com