काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादीले मौसम पूर्वानुमानअनुसार बाढीपहिरो र त्यसबाट हुन सक्ने क्षतिको आकलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा आइतबार साँझ बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले सरकार आवश्यक पूर्वतयारीमा चुकेको निष्कर्ष निकालेको हो ।

‘विपत्बारे पूर्वआकलन हुँदाहुँदै पनि सरकारले गम्भीरतापूर्वक लिएन । काठमाडौं उपत्यकामै दुई–दुई घण्टासम्म चित्कार गर्दासमेत उद्धार भएन । भिजिबिलिटी नभएर हेलिकोप्टर जान सकेन भन्ने लज्जास्पद कुरा आयो । सरकारको पहलकदमी र समन्वय देखिएन ।

सर्वदलीय बैठक पनि हामीले बोलाएपछि मात्रै सरकारले बोलायो,’ बैठकपछि माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नयाँ पत्रिकासँग भने, ‘सरकार पूरै गैरजिम्मेवार देखियो । सरकारले चार दिन पहिले पूर्वतयारी बैठक गरेर प्रभावकारी कदम चालेको भए क्षतिलाई धेरै न्यून गर्न सकिन्थ्यो ।’

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com