काठमाडौं । अमेरिकाबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवतरणको तयारीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ओली ४ः१५ बजे अवतरण गर्ने कार्यक्रम छ । जसले गर्दा आन्तरिक र बाह्य दुवै उडानहरू अस्थायी रूपमा रोकिएका छन् ।
ओलीको आगमनका लागि काठमाडौँको आकाशमा रहेका अन्य जहाजहरूलाई होल्ड गरिएको छ । जसले गर्दा ती विमानहरूलाई केही समय आकाशमै पर्खनु पर्ने अवस्था आएको छ । यसअघि पनि भीभीआइपी उडान र अवतरणको क्रममा सुरक्षाको कारण भन्दै विमानस्थल आधाघन्टा बन्द गर्ने प्रचलन थियो ।
प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार
प्रतिक्रिया