काठमाडौँ । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आफ्नो पार्टी कार्यालय स्थापनाका लागि अक्षयकोष स्थापना घोषणा गरेको एक वर्षभन्दा बढी भएको छ ।

जनमत पार्टीको केन्द्रीय सचिवालयको २०८० असार ३ र साउन १ गतेको बैठकले पार्टीको स्थायी भवन संरचनाका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको थियो । निर्णयमा जनमत पार्टीले दाताहरूका लागि विभिन्न अफर समेत ल्याएको थियो ।

जसअनुसार पुरै भवन संरचना निर्माण गरिदिएमा दाताकै नामबाट भवनको नामकरण हुने भनिएको थियो । तीन करोड भन्दामाथि दान दिएमा सम्बन्धित दाताको नामबाट सभा र बैठक कक्षहरू नामकरण हुने, एक करोडमाथि दान दिने दाताको नामबाट कक्षहरू नामकरण हुने, १० लाखमाथि दान दिने दाताको नामअंकित शिला देखिने गरी राखिने समेत जनमतले बताएको थियो । यस्तै एक लाखमाथि दान दिने दाताको नाम साइनबोर्डको सूचीमा राखिने अफर जनमत पार्टीले दिएको थियो ।

२०८० साउन ४ गते सो पार्टीका प्रवक्ता डा.शरतसिंह यादवले जारी गरेको विज्ञप्तिमा अक्षयकोषको पैसा ‘मल्टिपल हल’ र पार्किङ सुविधा सहितको पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनको लागि मात्रै प्रयोग गरिने उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com