काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।

चार्डपर्वको अवसरमा एमाले चितवनले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिररहेकामा विरोध जनाए ।

महासचिव पोखरेलले भने, ‘सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय गर्‍यो कि भन्ने लाग्नसक्छ तर व्यक्ति केन्द्रीत छानबिन नगरौँ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन ।’

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com