काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई बधाई दिएका छन्। उनले आफ्नो एक्स (पूर्व ट्विटर) खातामार्फत बधाई दिएका हुन्।

उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ। सफल कार्यकालको शुभकामना पनि। नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु।’

advertisement

प्रधानमन्त्री ओलीको यो सन्देशले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरिएको छ। यस कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धको विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com