काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीले निष्कासन गरेपछि अछाममा एक हजार ८६ जनाले रावलको अभियानमा लागेको बताएका छन् ।

भीम रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य पाँच जना भीम रावलको पक्षमा उभिएका हुन् ।

advertisement

यस्तै प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना रहेका छन् ।

त्यसैगरी अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरू छ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित एक हजार ८६ जना रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले हाललाई नेकपा एमाले परित्याग गरेको नभई मातृभूमि जागरण अभियानलाई समर्थन गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com