काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानको खानेपानी समस्यालाई लिएर ‘नाटक’ गरेको आरोप लगाएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले नाटक गरेर खानेपानी समस्या समाधान नहुने बताए।

‘धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाउन खोज्दै खानेपानी संस्थानलाई कमजोर बनाउने काम गर्नुभएको छ,’ मन्त्री यादवले भने, ‘यस्तो नाटक नगरी गम्भीर भएर काम गर्न जरुरी छ।’

advertisement

मन्त्री यादवले धरानका जनतालाई पानी उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको भन्दै संघीय सरकारले यसमा काम अघि बढाइसकेको जानकारी दिए।

केही दिनअघि मेयर साम्पाङ धरानको खानेपानी आयोजनाका लागि बजेट माग्दै पुरानो गाग्री बोकेर काठमाडौं आएका थिए। उनी उक्त गाग्री बोकेर सिंहदरबार जाँदै गर्दा सुरक्षाकर्मीले गेटमै गाग्री खोसेका थिए र भित्र लैजान रोकेका थिए।

 

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com