काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन् ।

बुटवल-गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताएका हुन् । उनले आगामी तीन वर्षभित्र बुटवल-गोरुसिङगे सडक खण्ड विस्तार गरिसक्ने घोषणा गरे ।

advertisement

आजै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थु्र हुनु एक उपलब्धि भएको बताउँदै उनले उच्च संकल्प र आँटका साथ देशको विकास हामीहरू आफैले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरूलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गरे ।

कार्यक्रममा उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com