काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो विरुद्ध चर्को आलोचना भएपछि नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन्। आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले आफ्ना विचार राखेका हुन्।

बस्नेतले माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै सहकारी ठगहरूलाई सत्ता गुमेको पीडाले लामखुट्टेझैं छटपटाएको आरोप लगाएका छन्। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति इङ्गित गर्दै बैंक ठगहरूले पनि आफूलाई लक्षित गरेको दाबी गरेका छन्।

advertisement

उनले लेखेका छन्, “बैंक ठगहरू, सहकारी ठगहरू, १७ हजार मान्छे मार्नेहरू, सत्ता पिपासुहरू सत्ता नपाएपछि लामखुट्टेझैं छटपटाएर एमाले, प्रधानमन्त्री केपी ओली, एमाले नेताहरू र मेरो विरुद्ध रोइलो गाइरहेका छन्। राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा मैले डेंगुका लामखुट्टेलाई स्प्रे गरेझैं अलिकति प्रतिकार गरेपछि उनीहरू अहिले खैलाबैला गर्दैछन्।”

 

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com