काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले भिजनबिनाका व्यक्तिलाई नेता नभएर ठग मान्नुपर्ने टिप्पणी गरेका छन्।

आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। रूपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएपछि केही घण्टामै साम्पाङको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।

advertisement

साम्पाङले अर्को स्टाटसमा भनेका छन्, “चोर, डाका, लुटेरा र ठगमध्ये कसलाई भोट दिने भन्ने नेपाली अलमलमा छन्। यता भीर उता खाडी भनेजस्तै भएको छ।” यद्यपि उनले कसैको नाम उल्लेख नगरे पनि यो टिप्पणी स्पष्ट रूपमा रविलाई लक्षित देखिन्छ।

रवि लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतबाट ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख, र सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भइसकेका छन्।

 

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com