काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कटाक्ष गरेका छन्।

महेशले आइतबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रविको धरौटीसँग सम्बन्धित प्रकरणमा व्यंग्य गरेका हुन्। उनले लेखेका छन्, “अब त धरौटीको लागि पनि अर्को सहकारी ठग्नुपर्ने अवस्था पो आयो जस्तो छ।”

advertisement

उनले रविमाथि सहकारी ठगीको आरोपलाई संकेत गर्दै भनेका छन्, “बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताको रकम अनियमिततामा संलग्न भएको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छोड्न आदेश दिएको छ। न्यायाधीशहरूको सहानुभूति देख्दा अचम्म लाग्यो। धन्यवाद छ, श्रीमान् न्यायाधीशज्यूहरू, यस्तो अद्भुत सदासयता देखाउनुभएकोमा। अब त मित्रले धरौटीको जोर जुलुम गर्न अर्को सहकारी ठग्नुपर्ने स्थिति पो देखियो!”

गत आइतबार रूपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

 

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com